जनकपुरधाम:आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारि दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको हो ।

इलाम–२ का निर्वाचन अधिकृत केशव घिमिरेले इलाम–२ का २० जना उम्मेदवारविरुद्ध कुनैपनि उजुरी नपरेको बताए । इलाम–२ मा राजनीति दलका १२ र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै बझाङ प्रदेशसभा १ का निर्वाचन अधिकृत सुदर्शन लामिछानेले पनि १२ जना उम्मेदवारमाथि कुनै उजुरी नपरेको बताए ।

निर्वाचन अधिकृतहरूका अनुसार उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मात्र उजुरी दिन पाउने व्यवस्था थियो । ‘उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मात्र उजुरी दिन पाउनुहुन्थ्यो । आधिकारिक व्यक्तिले कसैले पनि उजुरी दिनु भएको छैन ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको