जनकपुरधाम:भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि नेपाली टोलीले उचालेको छ ।आइतबार गुजरात क्रिकेट एसोसियसनको टिमसँगको उपाधि भिडन्तमा नेपालले १८ रनले बाजी मारेको हो ।

नेपाल लिग चरण विजेता र गुजरात उपविजेताका रूपमा फाइनलमा पुगेका थिए । लिग चरणका दुवै खेलमा गुजरातलाई हराएको नेपालले उसैलाई हराउँदै उपाधि जितेको हो ।

गुजरातलाई रोक्न नेपालका लागि अविनास बोहोराले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको उपाधि भिडन्तमा नेपाली राष्ट्रिय टोलीले गुजरातसामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले कप्तान रोहित पौडेको अर्धशतक मद्दतमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो ।

जसलाई पछ्याउने क्रममा गुजरात पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १५८ रनमै समेटिएको हो ।नेपालका लागि रोहित पौडेलले कप्तानी पारी खेले। उनले सर्वाधिक ७४ रन बनाउँदा क्याच आउट भए । रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक पारी खेलेका थिए ।

नेपालका लागि ब्याटिङतर्फ ओपनर आशिफ शेख ३४ र कुशल भुर्तेल १९ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरी ७ रनमा क्याच आउट भए । कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा नटआउट रहे ।गुजराताका लागि जयमित, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको