जनकपुरधाम:राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने सुरक्षा अधिकारीहरुसंगको छलफलका लागि जनकपुरधाम आइपुगेका छन् ।
मंगलबार बेलुका जनकपुरधाम विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
बुधबार तीनै सुरक्षा निकायका अधिकारीहरुसँग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ ।
यस्तै दाइजोको निहुँमा हत्या गरिएका आरती साहको माइत पक्षका परिवारसंग भेटघाट गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ ।