जनकपुरधाम:मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा शहीदकप अन्तरप्रदेशिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मन्त्रालयले विभिन्न आन्दोलनमा सहादत दिएका सहीदहरुको सम्झनामा वैशाख २० गते देखि वैशाख २९ गते सम्म शहीदकप अन्तर प्रदेशिय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो । १० दिन सम्म चल्ने सो प्रतियोगितामा ७ वटै प्रदेशको क्रिकेट टिम तथा एउटा आयोजक क्रिकेट टिम सहित कुल ८ वटा टिमले सहभागिता जनाउने छ । प्रतियोगिताको उपाधी जित्ने टिमलाई ट्रफी, प्रमाण पत्रका साथै २ लाख ११ हजार नगद, दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र र १ लाख १ हजार नगदबाट पुरस्कृत गरिने छ ।

यस अघि सहीदकप क्रिकेट प्रतियोगिताको आयोजना सहीदकप क्रिकेट कमिटीले गर्दै आई रहेको थियो । ३ संस्करणको आयोजना गरि सकेको यो प्रतियोगिताको यस वर्ष संयोजन गरिरहेको छ ।

मधेसमा खेलकुद गतिविधि बढाउने उद्देश्यले मन्त्रालयले नै यो प्रतियोगिताको आयोजना गर्न लागेको मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले बताए ।

आगामी आर्थिक वर्षदेखि खेल क्षेत्रमा लगानी बढाउनुका साथै प्रतियोगिता आयोजनाका लागि बजेटमा समेत बृद्ध गर्ने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको