जनकपुरधाम:पछिल्लोपटक मधेस प्रदेशका जिल्लाहरुमा लुटपाटका घटनाक्रम बढदै गएको अवस्थामा सर्लाहीबाट माटोमा गाडिएको ५३ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखाकाली माटो मुनि रातो र सेतो रंगको गरगहना राख्ने ब्याज भित्र के.एफ.७.६५ लेलिएको ५३ राण्ड गोली बरामद भएको हो । स्थानीय चन्द्रभुषण यादवको घर अगाडि खाल्डो खनेर गाडेको अवस्थामा गोली रहको सुचना पाएपछि जिल्ला प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो ।

खानतलासी गर्ने क्रममा यादवको घर भाडा लिएर ईश्वरपुर नगरपालिका–५ निवासी विजय महतोले संचालन गरेको मोटरसाइकल वर्कसपको कवाड सामान राखेको ठाउँबाट गोली बरामद भएको हो । गोली सुन प्याक गर्ने पर्समा राखेर ६÷७ ईन्च गहिरो खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

बरामद भएको गोलीहरु नियन्त्रणम लिई त्यस विषयमा थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको