जनकपुरधाम:वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनका रूपमा ल्याउन मन्त्रालयले तिव्र रुपमा काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा वनस्पति विभागको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वनस्पति विभागले गरिरहेका काम थप प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याए । तत्काल वनस्पति ऐन आवश्यक रहेको उनले उल्लेख गरे । मन्त्रालयको पहिलो प्राथमिकता पनि प्रस्तावित वनस्पति विधेयकलाई ऐनका रूपमा ल्याउनु रहेको उनले बताए ।

उनले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिइनुपर्नेमा जोड दिए । मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पति दिन प्रतिदिन संकटमा परिरहेको उनले बताए । मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याई स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको औँल्याए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको