राजविराज:नेपाल पत्रकार महासङ्घ शाखा सप्तरी आबद्ध पत्रकारहरुले सदस्यता शुद्धिकरणको विषयलाई लिएर महासङ्घको कार्यालयमा शुक्रबार पुन: तालाबन्दी गरेका छन् ।

सदस्यता शुद्धीकरण विवादको कारण शाखा सप्तरीले केन्द्रीय समितिले चैत मसान्तसम्ममा शाखा अधिवेशन सक्नुपर्ने निर्णय बमोजिम १५ दिन पहिले नै अधिवेशनको मिति घोषणा गरी सूचना निकाल्नु पर्नेमा सूचना जारी नहुँदा अधिवेशन अन्योल भएको शाखा सप्तरीका पूर्व अध्यक्ष एवम् सल्लाहकार जितेन्द्र खड्गाको आरोप छ ।

आन्दोलनकारीहरुले महासङ्घ शाखा सप्तरीको साधारणसभा अविलम्ब घोषणा गरी शाखाका सम्पूर्ण सदस्यलाई सहभागी गराउनुपर्ने, पत्रकारिता क्षेत्रमा योगदान गरेका तथा सक्रिय पत्रकारहरुको सदस्यता कायम गर्नुपर्ने, क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यता दिनुपर्नेसहितका माग अघि सारिएको छ ।

शाखाका पीडित पत्रकारहरुले गत फागुन २४ गते महासङ्घ सप्तरीको कार्यालयमा तालाबन्दी गरेका थिए भने केन्द्रीय समितिको चैत ७ गतेको बैठकले चैतभित्र जिल्ला अधिवेशन गर्नुपर्ने निर्णय गरेपछि चैत ११ गते उनीहरु आफैंले ताला खोली महासंघलाई जानकारी पत्र बुझाएका थिए ।

यता नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले केन्द्रले परिपत्र नगरेकोले अधिवेशनको मिति घोषणा नगरिएको बताउनुभयो । केन्द्रको सर्कुलर आउनासाथ अधिवेशनको मिति तोक्ने उनले बताए । आन्दोलनकारीहरुले तीन दिनभित्र अधिवेशनको मिति नतोकिए सङ्घर्षमा जाने दिएको अल्टिमेटम बिहीवार नै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको