जनकपुरधाम:मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल तथा भारत बिचको जनता जनता बिच अतुलनीय सम्बन्ध रहेको बताएका छन् ।
स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास द्वारा नयाँ बर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारत बिचको जनता जनता बिचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए । उनले यी दुई देशबिच सागरभन्दा पनि गहिरो सम्बन्ध रहेको बताए ।
नेपाल भारत बिचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता जनता बिच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने,’ यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठाको सयममा दुबै देशमा देखिएको हर्षोत्सवले गरि सकेको छ ।’
सिमा क्षेत्रमा सुरक्षा र राजस्वको नाममा केही वर्षयता सर्वसाधारण संग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देश बिचको सदियौ पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भइरहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुबै सरकार संग आग्रह समेत गरे ।
भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाले दुई देश बिचको साझा संस्कृतिको प्रदर्शनकै लागि जनकपुरधाममा सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताए ।
महावाणिज्य दूत मिनाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमार साह सहितका वक्ताहरुले साँस्कृतिक कार्यक्रमको सफलता को शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सँस्कृतीविद एवं अर्थविद डा. हरिवंश झाले माता जानकीको बाललिलाको प्रसंग बारे चर्चा गरेका थिए ।
महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति दिएका थिए ।
दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।
भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत डिएस मिणाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहसहित मधेश प्रदेशका प्रदेशसभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति थियो ।