महन्थ भन्छन् : मूर्ति पूजा जनकपुरधामको परम्परा होइन
जनकपुरधाम:जानकी सेनाले जानकी मन्दिरकै प्राङ्गणमा रामनवमी पूजाको आयोजना गर्ने तयारी गरेको थियो । यसका लागि जानकी सेनाले भगवान रामको प्रतिमा बनाउने तयारी समेत शुरु गरेको थियो । विवाद जानकी मन्दिरमा भगवान रामको प्रतिमा बनाउने विषयलाई लिएर नै शुरु भयो । जानकी मन्दिर प्रशासनले मन्दिर प्राङ्गणमा मूर्ति पूजा गर्न नदिने भने पछि जानकी सेना मन्दिर प्राङ्गणमै मूर्ति बनाएर मूर्ति पूजा गर्ने अडान लिएको थियो । यही बाट विवाद शुरु भएको थियो ।
मन्दिर प्राङ्गणमा मूर्ति बनाएर पूजा गर्न नदिइएपछि जानकी सेनाका युवाहरुले मन्दिर अगाडी बिरोध प्रदर्शन गरेका थिए । युवाहरुले मन्दिर अगाडी टायर बालेर जानकी मन्दिरका महन्थ बिरुद्ध घण्टौ नारावाजी गरेका थिए ।
यता जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मन्दिरमा साक्षात परब्रह्म र जगत जननीको वास रहेकाले मन्दिरकै प्राङ्गणमा मूर्ति बनाएर पूजा गर्नु उचित नरहेकाले आफूले रोकेको बताए । यसका साथै उनले जनकपुरधाममा मूर्ति पूजाको परम्परा नरहेको र त्यसमा पनि मन्दिर प्राङ्गण भित्रै मूर्ति पूजा गर्नु उचित नरहेको बताए ।