जनकपुरधाम:नेपाली कांग्रेसका नेता मोहमल आफताव आलमको मुद्दामा सोमबार रौतहट जिल्ला अदालतले पेसी तोके पनि सुनुवाइ हुन सकेन ।
रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार प्रतिवादीका कानुन व्यवसायीका कारण सोमबार उक्त मुद्दा ‘स्थगित’को सूचीमा परेको हो ।
आलमविरुद्धको मुद्दा जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासमा परेको थियो । नारायणसिंह राजपुतको जाहेरीले आलम, शेख सेराजसहित ११ जनाविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दायर मुद्दा लामो समयदेखि अघि बढ्न सकेको छैन ।