जनकपुरधाम:रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ मा रहेको प्रहरी चौकी सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दीनानाथ प्रसाद यादवलाई काठ हिनामिना आरोपमा अनुसन्धानको लागि प्रहरी चौकीको जिम्मेवारी खोसिएर जिल्ला प्रहरी कार्यालय तानिएको छ ।

असई यादव माथि साझा संस्था लिमिटेडको भत्काइएको पुरानो भवनको काठ हिनामिन्हा गरेको आरोप लागेको तथा सर्वसाधारणलाइ विभिन्न बहाना बनाएर दुःख दिने गरेकोले प्रहरी सहायक निरीक्षक यादवलाइ जिल्ला बोलाएर अनुसन्धान शुरू गरिएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताए ।

प्रहरी चौकीमा पुगेका चन्द्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख रामचन्द्र चौधरीले कार्यालय परिसरमा राखेको काठको फर्नीचर बनाएर लागेकोले कानूनी कार्यवाही हुनु पर्ने बताए । काठबाट फर्नीचर बनाएर घर लागेको आरोप निराधार रहेको असई यादवले दावी गरे प्रहरी चौकीमा आफ्नो दायित्व इमान्दारिता पूर्वक निर्वाह गरिरहँदा सडयन्त्रपूर्वक फसाउने कार्य गरिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको