जनकपुरधाम:विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दाएर भएको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझी मंगलवार सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार बद्रीराज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्ध दायर भएको मुद्दामा विशेषले दाबी नपुग्ने फैसला गरेको थियो । विशेषको सो फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।

प्रतिवादी बद्रीराज ढकालले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ माघ १४ गतेदेखि २०७६ फागुन ३० सम्म आयभन्दा १० करोड २७ लाख ५८ हजार ४६१ रुपैयाँ बढी खर्च गरेको पाइएको थियो । त्यसपछि आयोगले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको