जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । जेठ २८ देखि ३० गते हुने महाधिवेशनको तयारी थालिएको जसपा विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तीव्रता दिएको बताए । उनले भने, ‘सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ ।’

महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रबन्ध मिलाउने लगायतका काम पनि भइरहेको बताए । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन केन्द्रित प्रचार प्रसारका सामाग्रीहरू प्रचार, प्रसार र प्रशारण गर्दा एकताको भावना झल्कने गरी गर्न गराउन समेत निर्देशन दिएका थिए ।

महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको