विराटनगर:कोशी प्रदेश सचिवालयमा नेकपा एमाले र माओवादी केन्द्रले पेस गरेको सङ्कल्प प्रस्तावको सूचना परिमार्जन गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेश सभा सदस्य गणेश प्रसाद उप्रेती र एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित सङ्कल्प प्रस्ताव आज संसद् सचिवालयमा पेस गरिएको हो ।

वैशाख ३ गते दर्ता भएको सङ्कल्प प्रस्तावमा केही परिमार्जन गर्न मनासिब देखिएको हुँदा परिमार्जित सङ्कल्प प्रस्ताव संसद् सचिवालयमा पेस भएको सङ्कल्प प्रस्तावमा उल्लेख छ । परिमार्जन गरी पेस गरिएको परिमार्जित सङ्कल्प प्रस्तावलाई प्रदेश सभाको बैठकमा पेस गर्न अनुरोध गरिएको छ ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले भोली कोशी प्रदेश सभाको अधिवेशन बोलाएका छन् । अधिवेशन सुरु हुनुभन्दा अगाडि सङ्कल्प प्रस्ताव परिमार्जन गरिएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । परिमार्जित सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफू माथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेश सभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यू लाई निर्देशन गरियोस् ’ भनी उल्लेख छ ।

परिमार्जित सङ्कल्प प्रस्तावमा मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता भइसकेको परिस्थितिमा सरकारको नियमित कार्य बाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेश सभाको यो बैठकबाट निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको