जनकपुरधाम:नेपाल सरकारलाई २३ खर्ब ८५ अर्ब रुपैया ऋण तिर्न बांकी रहेको छ । त्यसमा आन्तरिक र बाह्य दुवै ऋणको हिस्सा हो ।

आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब र बाह्य ऋण १२ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब ५२ अर्ब रुपैयाँ ऋण भने भुक्तानी गरिएको छ । त्यसमा आन्तरिक ऋणको हिस्सा १ खर्ब २५ अर्ब र बाह्य ऋणको हिस्सा २६ अर्ब छ ।

चालू आर्थिक वर्षको ९ महिनामा सरकारले २ खर्ब ३८ अर्ब रुपैयाँ ऋण लिएको छ। त्यसमा आन्तरिक ऋण धेरै उठाएको छ । आन्तरिक ऋण मात्रै १ खर्ब ७६ अर्ब रुपैयाँ उठाइसकेको छ। त्यस्तै ६२ अर्ब ९३ करोड रुपैयाँ विदेशी ऋण लिएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको