काठमाडौ:देशका लागि राम्रो काम गर्नेलाई राष्ट्रले सम्मान गर्छ भन्ने कुरा नयाँ पिडितहरुलाई बोध गराउनुपर्ने पूर्व राष्ट्रपति डा. रामबरण यादवले बताएका छन् ।

बुधबार काठमाडौंमा शताब्दी पुरुष गणेश बहादुर बस्नेतको अभिनन्दन कार्यक्रममा उनले देश र समाजका लागि काम गर्नेहरुका विषयमा जानकार गराउँदै नयाँ पीडिहरुलाई राम्रो काम गर्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।

शताब्दी पुरुष गणेश बहादुर बस्नेत गर्ने गरेको सत्कर्मका लागि सबैले सम्मान गर्नुपर्ने उनले बताए । यादवले समाज र देशका लागि योगदान दिनेलाई राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताए । कांग्रेस महामन्त्री गगन कुमार थापाले देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै नेतृत्वमा बसेकाहरू जिम्मेवार हुनुपर्ने बताए ।

उनले जनताबाट अनुमोदित भएकालेहरुले शक्तिको दुरुपयोग नगरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । सोलुखुम्बु जिल्ला थुलुङ दुधकोसी २ काँगेल वाहुण्डीमा वि.सं. १९८० साल कार्तिक ४ गते जन्मनु भएका पूर्व प्रशासक (स्थानीय विकास अधिकारी) बस्नेतलाई पूर्वराष्ट्रपति यादवले अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको