जनकपुरधाम:मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका दुई र नेकपा एकिकृत समाजवादीका १ तथा नेकपा एमालेका एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

नियुक्त हुने मन्त्रीहरुमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादी केन्द्रकै युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली तथा राज्यमन्त्रीमा एमालेकी शारदा थापारहेका छन् । मधेश भवनमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा भण्डारीले तीन मन्त्री र मुख्यमन्त्री यादवले राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

भट्टराईले उद्योग तथ पर्यटज मन्त्रालय र थापाले गृह सञ्चार तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । साह र लुंगेलीको भने मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । उनिहरुले विना विभागीय मन्त्रीका रुपमा शथप लिएका हुन् । माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दावी गर्दै आएपनि टुंगो नलागेका कारण विना विभागिय मन्त्रीको रुपमा अहिले शपथ लिएको उनले बताए ।

माओवादी केन्द्रले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो । १५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यसैबीच मधेश सरकारबाट नेकपा माओवादी केन्द्रले फिर्ता बोलाइएकी पर्यटन मन्त्री सुनिता साहले आफ्नै गठबन्धनको सरकार ढाल्ने असफल प्रयास भएको बताएकी छन् ।

सांसद सुनिताले पनि त्यही बैठकको संकेत गर्दै सामाजिक संजालमा लेखेकी छन्, ‘हाम्रो पार्टीबाट आज मन्त्री मण्डलमा पर्नु भएको साथीहरूलाई म बिश्वास दिलाउन चाहन्छु कि मसंग मन्त्री पाउनकै निम्ति र आफ्नै गठबन्धनको सरकार ढाल्न जे जति प्रयास र व्यबहारहरु गरे । त्यो मेरो तर्फबाट दोहोरिने छैन । म एउटा सच्चा र सचेत जनप्रतिनिधिको रुपमा तपाईंहरुसँगै हुनेछु ।’

माओवादीले मन्त्री यादवको स्थानमा माओवादीले यूवराज भट्टराईलाई पर्यटन मन्त्री बनाएको छ । माओवादी दलका नेता भरत साह पनि मन्त्री नियुक्त भएपनि मन्त्रालय तोकिएन ।

पछिल्लो पटक माओवादी संसदीय दलका नेता साहले कांग्रेस, लोसपा र जनमत पार्टीसंग मिलेर पटक पटक गठबन्धन सरकार ढाल्न खोजेका कुरा चर्चामा आएको थियो । उनको अगुवाईमा भारत विहारको सुरसण्डमामा जसपाका समेत केही सांसदको सहयोगमा बहुमत पुर्याएर सरकार ढाल्ने बैठक भएको थियो । तर यो म्यासेज प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ समक्ष पुगेपछि उनको योजना असफल बनाइएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको