
नयाँदिल्ली:भारत गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको सडक दुर्घटना १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो । ट्यांकर पुणेबाट मुम्बई जाँदै थियो भने सो कार बडोदराबाट अहमदाबाद जाँदै थियो ।
सो गाडीमा १० जना सवार रहेका थिए भने ८ जनाको घटनास्थलमा र २ जनाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन् ।
दुर्घटना यति भीषण भएकोले शव कारभित्रै फसेको र शव निकाल्न गाडीको पाता काट्नु परेको थियो । मृतकको बुधबार राती अबेरसम्म पनि सनाखत हुन सकेको छैन । कारमा बडोदा, नाडियाद र अहमदाबादका यात्रु रहेको प्रहरीको अनुमान छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।