जनकपुरधाम:इजराइलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको आनन्द साहका परिवारलाई मधेस सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत असोज २० गते ज्यान गुमाएका साहका परिवारलाई मुख्यमन्त्री सरोजकुमार यादवले पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । हमास समूहले गरेको आक्रमणमा परी अध्ययन भ्रमणमा रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु हुँदा धनुषाका आनन्द साहसमेत त्यसमा परेका थिए ।

उनको मृत्युपश्चात मधेस सरकारले ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको थिए। सोहीअनुरुप शुक्रबार मृतक साहका बुवालाई मुख्यमन्त्री यादवले चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको