जनकपुरधाम:राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. प्रमोद कुमार यादव नियुक्त भएका छन् ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. प्रमोदकुमार यादवलाई निमित्त मेसुमा नियुक्त गरेका हुन् । डा. यादव दशौँ तहका हुन् ।
यसअघि एघारौँ तहका वरिष्ठ अर्थोपेडिक सर्जन डा. बद्री रिजाल प्रमुख मेडिकल सुपरिटेन्डेन्टलाई हटाएर मन्त्री यादवले डा. यादवलाई निमित मेसुमा नियुक्त गरेको हो । डा. रिजाललाई ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर काम काज गर्ने जिम्मेवारी दिइएको छ ।
डा. यादव यसअघि सेन्टरको कार्यकारी निर्देशक र सो सेन्टर अन्तर्गत रहेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति पदमा कार्य गरिसकेका छन् । प्रादेशिक अस्पताल जनकपुरधाम प्रतिष्ठान अन्तर्गत गाभिएपछि प्रतिष्ठानको विधान अनुसार मेसु पद हटाइएपछि उनी सो अस्पतालबाट उनको पद खारेज भएको थिए ।
प्रादेकि अस्पतालको मेसु पदबाट हटे लगतै उनलाई त्यस बेला समेत स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका यादवले उनलाई ट्रमा सेन्टरको निर्देशकमा नियुक्त गरेका थिए ।