जनकपुरधाम:पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ जम्मा गर्न नसकेपछि कारागार चलान भएका छन् ।

जिल्ला अदालत, रुपन्देहीले शुक्रबार पुनलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारीले जानकारी दिएका छन् । धरौटी जम्मा गरेपछि उनी रिहा हुने बताइएको छ ।

सुप्रिम सहकारी ठगि प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको