जनकपुरधाम:नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।
१२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का ग¥यो । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।
कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १÷१ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट हुन पुगेका थिए ।
तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ तथा गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भएका थिए ।
युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २–२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । योसँगै टी–२० विश्वकपपछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।
गतवर्षको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एकदिवसीय एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा अपराजितका साथ शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको थियो । यहिँ मैदानमा नेपालले २०२२ मा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनलमा पनि युएईसँग हारेको थियो ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्ने
नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु टोली ओमानले एसीसी प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा हङकङलाईल ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
एसिया कपमा पुग्नको लागि आइतबार युएई र ओमानबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् । अव तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् । १३१ रनको लक्ष्य ओमानले १९.२ ओभरमा पूरा गर्दै पूरा ग¥यो।
अन्तिम ६ बलमा ९ रन चाहिँदा अकिब इलियासले आयुष शुक्लालाई सुरुवाती दुई बलमा छक्का र चौका प्रहार गर्दै जित दिलाएका हुन् । अकिब ५१ बलमा ४ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । जिशान अलीले ३६ र बाबर हायतले ३३ रन बनाए । बिलाल खानले ३ विकेट लिएका थिए ।