जनकपुरधाम:प्रिमनसुन सुरु भए लगतै जनकपुरधाम सहित नेपालमा गर्मी बढ्दै गएको छ । आउँदा दिनमा अझै गर्मी बढ्ने पूर्वानुमान छ । नेपालमा मई महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार यसवर्षको सबैभन्दा बढी तापक्रम देखिएको छ ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । तर गुगल सर्चका अनुसार जनकपुरधामको तापक्रम ४१.२३ डिग्री सेल्सियस देखिएको छ । हुनत महाशाखाका अनुसार मधेश प्रदेशको सिमराको तापक्रम ४०.३ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौंको अधिकतम तापक्रम ३२.१ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४०.६, सिमराको ४०.३, धनगढीको ३९.८, वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

गर्मी अचाकाली बढेसँगै तातो हावा ‘लु’ चल्दा स्वास्थ्य समस्याको जोखिमसमेत बढेको छ । मध्य तथा पूर्वी तराईका धेरै स्थानमा पछिल्लो चार–पाँच दिनदेखि हल्का र मध्ययमस्तरको लु (तातो हावाको बहाव) देखिएको छ । तर, केही ठाउँमा चेतावनीको स्तर पार गरेर विषमस्तरको लु चल्न थालेको छ ।

हावाहुरीको चेतावनी

यसैबीच महाशाखाले मुलुकका विभिन्न स्थानमा ठुलो हावाहुरी चलिरहेको भनदै २४ घण्टे चेतावनी जारी गरेको छ ।

महाशाखाले शनिवार काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा ठुलो हावाहुरी चलिरहेकाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो । महाशाखाका अनुसार हाल बागमती प्रदेशका साथै कोसी, बागमती र लुम्विनी प्रदेशका विभिन्न स्थानहरुमा हावाहुरी चलिरहेको छ ।

गणीतीय मौसम पुर्वानुमान अनुसार शनिवार दिउँसो तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्विनी र बाँकी प्रदेशका केही स्थानमा हावाहुरीका साथै पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको समेत सम्भावना रहेकाले सो क्षत्रका दैनिक जनजिवन लगायत कृषी, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको