वीरगञ्ज:चालु आर्थिक वर्षको हालसम्म ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयले रु एक खर्बभन्दा बढी राजस्व संकलन गरेपनि लक्ष्यभन्दा निकै कम रहेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड राजस्व संकलन गर्न सफल भएको हो । विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशत मात्र राजस्व संकलन रहेको छ ।
चालु आवको नौ महिनाका लागि भन्सार विभागले एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व संकलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व संकलनलाई प्रभावित गरेको बताए ।
गत आवको तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको नौ महिनाका लागि भएको बताए ।