जनकपुरधाम:राजर्षि विश्वविद्यालयको स्वास्थ्य, विज्ञान संकायको डीनमा पदमा डा.सुदिप कुमार यादव नियुक्त भएका छन् ।
गत बैशाख १ गते शनिबार बसेको राजर्षि विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चार वर्षे कार्यकालका लागि डा. यादव नियुक्त गरेको हो । राजर्षि जनक विश्वविद्यालय संगठन संचरना तथा व्यवस्थापन नियमावली, २०७५ को परिच्छेद १४ को दफा १००(संसोधन, २०८०) मा भएको व्यवस्था बमोजिम डीन नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको सिफारिसमा तथा कार्यकारी परिषद्को बैठकको निर्णयले शुक्रबार डा. यादवलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर कुमार यादवले डीन पदमा नियुक्त गरेका हुन् ।
चिकित्सा अध्ययन संस्थानबाट एनाटोमी विषयमा स्नाकोत्तर गरेका डा.यादव एक दशक बढीदेखि धनुषाको रमदैयास्थित रहेको जानकी मेडिकल कलेजमा सहप्राध्यापकको रुपमा कार्यरत थिए ।
विश्वविद्यालयमा अहिले स्वास्थ्य विज्ञान संकायतर्फ बिपिएच र बिएस्सी एमएलटी मात्रै अध्ययन भईरहेको छ । नवनियुक्त डा. यादवले आफ्नो कार्यकालमा ब्याचरका अन्य आकर्षक कार्यक्रमहरु पनि द्रुत गतिमा सञ्चालनमा ल्याउने बताए ।
विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक कार्यक्रमहरु संचालन गर्ने भूमिका डीनको रहने गरेको छ ।महोत्तरी औरही नगरपालिका १ औरहीका नवनियुक्त डीन डा.यादव समाजसेवीका रुपमा समेत परिचित हुन् ।