जनकपुरधाम:महोत्तरी मटिहानी नगरपालिकामा जारी प्रथम मेयर कपको उपाधीका लागि जलेश्वर फुटबल क्लव र एभरेष्ट एकेडमी फुटबल क्लव भिड्ने भएको छ । शनिबार जलेश्वर फुटबल क्लबले एपिएफ जलसागरलाई पराजित गर्दै फाइनलमा एभरेष्ट एकेडमीसंगको भेट पक्का गरेको हो । जलेश्वरले एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल निर्धारित समयमा कुनै टीमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा जलेश्वर फुटबल क्लबले ३ र एपिएफ जलसागरले २ गोल मात्र गर्न सकेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको