जनकपुरधाम:कमीशन लिई बिचौलियाहरुलाई योजना विक्री गरेको आरोप लगाउंदै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मातहतका पर्यटन विकास कार्यालय धनुषाको कार्यालयमा मधेश प्रदेश सभाका सांसदहरुले तालाबन्दी गरेका छन् ।

कार्यालय प्रमुख बासुदेव भट्ट महिनौदेखि कार्यालयबाट गायब भई बाहिर बाहिरैबाट बिचौलियाहरु कमीशन लिई र सम्बन्धित मन्त्रीको निर्देशनमा तिनीहरुको कार्यकर्ताहरुलाई योजना वितरण गर्दै आएको आरोप लगाउंदै उनीहरुले आइतवार कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका हुन ।

बिचौलियाहरुलाई १०÷१० प्रतिशतमा योजना वितरण गर्दै आएको आरोप धर्नामा बसेका मधेश प्रदेश सभाका कांग्रेस सांसदहरुको आरोप छ । उनीहरुले भने ‘आफूहरुले कार्यालय प्रमुख भट्टलाई योजनाको चिट्ठी वडा कार्यालयमा वा सम्बन्धित वडाको योजनाको लाभग्राहीलाई चिट्ठी वितरण गर्न पटक पटक ताकेता गर्दा पनि कुनै चासो नलिएपछि आफूहरु बाध्य भई कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेको हु ।’

योजनाको उपभोक्ता समिति बनाउने चिट्ठी वडा कार्यालयमा वा सम्बधित उपभोक्ताहरुलाई नपठाई बिचौलियाहरु मार्फत पर्यटन विकास कार्यालयले पठाउने गरेको र त्यसले काम गर्न निकै समस्या भइरहेको वडा कार्यालयहरुबाट गुनासो आएपछि पटक पटक सचेत गराउंदा पनि नमानेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मधेश प्रदेश सभा सांसद शेषनारायण यादवले बताए ।

यस्तै अर्का सांसद संजय महतोले भने बिचौलिया मार्फत चिट्ठी वितरण गर्दा वडा कार्यालयमा सयौं योजनाको चिट्ठी अलपत्र भई कार्य संचालनमा आउन सकेको छैन । वडाध्यक्षहरुले वडा कार्यालयमा वा योजनाका सम्बन्धित सेवाग्राही मार्फत चिट्ठी ल्याउन र तिनीहरुकै संलग्नतामा उपभोक्ता समिति बन्ने अडान लिएको कारण योजनाहरु बाटोमै अलपत्र परेका छन् ।

धर्नामा बसेका अर्का सांसद जंगीलाल राय यादवले भने यो कार्यालयले धनुषा, महोत्तरी र सर्लाही सहितका तीनवटा कार्यालय हेर्दै आएकोमा पचासौ÷पचास कोसबाट सेवाग्राहीहरु चिट्ठी लिन दिनहुँ कार्यालय धाई रहेका छन् । तर हाकिम भेटदैन वडा कार्यालयमा जाँदा ती चिट्ठी बिचौलियाले लिएर आएको थाहा पाउंछन् । यस्तो बेथिती छ ती बेथिती दूर गर्न पटक पटक आग्रह गर्दापनि कमीशनको कारण कार्यालय प्रमुखले चासो नलिएको हो ।

धर्नामा बसेका प्रदेश सांसदहरुले प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित मन्त्रीको रोहबरमा वार्तामार्फत कार्यालय प्रमुखले सम्बन्धित वडामा उपभोक्ता समिति सम्बन्धित व्यक्तिलाई पठाउने प्रतिबद्धता नजनाएसम्म आफूहरुको तालाबन्दी जारी रहने चेतावनी दिएका छन् ।

सो धर्नामा सांसदहरु शेषनारायण यादव, जंगीलाल राय, संजय महतोसहित सकुन्तला देवी समेत बसेका छिन् । उनीहरुले सम्बन्धित मन्त्री वा प्रमुख जिल्ला अधिकारीको रोहबरमा वार्ता मार्फत कार्यालय प्रमुखले सम्बन्धित वडा कार्यालय वा योजना राखेका वडाका उपभोक्तालाई चिट्ठी दिएर कार्य गराउने प्रतिबद्धता नजनाएसम्म आफूहरुको तालाबन्दी जारी रहने चेतावनी समेत दिएका छन् ।

यसअघि वडाअध्यक्षहरुले पनि वडा कार्यालयमै वा सम्बन्धित वडाको व्यक्ति मार्फत योजनाको चिट्ठी पठाउन माग गर्दै सो कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले कयौं दिन सो कार्यालयमा गुनासो लिएर जाँदा प्रमुख भट्ट भेटिएन । मन्त्रालयमा गुनासो समेत राख्दा कुनै चासो लिइएन । अन्ततः सांसदहरु कहाँ उनीहरुले आफ्नो गुनासो राखेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको