जनकपुरधाम:नेपाल विद्यार्थी संघले राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर प्रसाद यादवलाई विद्यार्थीहरुको हक अधिकार सुनिश्चित गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ । विश्वविद्यालय क्याम्पसको शैक्षिक अवस्था सुधारको मांग गर्दै संघले १२ बुंदे ज्ञापन पत्र बझाएको हो ।
संघले प्रत्येक सेमेस्टरमा हरेक विषयमा गेष्ट लेक्चर, सेमिनार, ग्रुप डिक्सन हुनु पर्ने, ८ सेमेस्टरको परिक्षा फल तत्कालै प्रकाशन गर्नु पर्ने, ल्याबरेरीको राम्रो व्यवस्था हुनु पर्ने लगायत १२ बुँदे मांग गर्दै ज्ञापन पत्र बुझाएको संघका राजर्षि जनक विश्वविद्यालय समितिका सभापति संतोष कुमार यादवले बताए ।
नेवि संघका केन्द्रिय सदस्य अरुण सिंह, उदित मिश्रा, जिल्ला सभापति सुजित यादव सहितको उपस्थिति रहेको थियो ।