काडमाडौं:चालू आर्थिक वर्षको ९ महिनामा ७ हजार ९३ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ हजार ९३ वटा विद्युतीय कार, भ्यान, जीप तथा मिन र माइक्रो बसहरु आयात भएका हुन् । नौ महिनाको अवधिमा १७ अर्ब ८७ करोड ४९ लाख ३ हजार रुपैयाँ बराबरका विद्युतीय कार, भ्यान, जीप तथा मिन, माइक्रो बसहरु आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनामा ५० किलोवाटसम्मका २ हजार ९०२ वटा विद्युतिय कार, जिप र भ्यान आयात भएका छन् । त्यस्तै, ५१ किलोवाट देखि १०० किलोवाटसम्मका ४ हजार ७७, १०१ किलोवाटदेखि २०० किलोवाटसम्म ९३ वटा र २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका २१ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् ।

त्यसैगरी, ३७ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको ४९८ वटा विद्युतिय मिन र माइक्रो बस आयात भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको