जनकपुरधाम:धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका– १ भगवानपट्टीमा स्थानीय ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएपछि जलेको अवस्थामा उनको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।