जनकपुरधाम:नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेका श्री जानकी आँखा अस्पतालका कर्मचारीहरु बक्यौता तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

सोमवार अस्पताल अन्तर्गतका पुरानो स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नूतन झाले एक अन्तरक्रिया तथा छलफल आयोजना गरी कर्मचारीहरुको बक्यौता तलब अविलम्ब भुक्तानी गर्न माग गरे । उनले पदाधिकारीहरुले अस्पताललाई धारासायी बनाउन खोजेको भन्दै सुधारको माग हो ।

गत ३ महिना देखि तलव भत्ता नपाएको भन्दै पारदर्शीता तथा जबाफदेहिताको माग सहित आन्दोलनमा उत्रेका हुन । झाले कर्मचारीहरुको तलब बक्यौता राखेर रेडक्रसको केन्द्रिय खातामा तीन करोड रुपैया पठाएको आरोप लगाउंदै विगतमा दुई जना करारका कर्मचारी बिना कारण हटाइयो र अहिले कार्यरत कर्मचारीहरुको तलब बक्यौता राखेर मनोबल गिराउने काम गरेको भने ।

कार्यक्रममा नागरिक समाजको तर्फबाट श्यामसुन्दर झा, स्थानीयवासी हरिश्चन्द्र यादव, जनमतका स्थानीय नेता रञ्जित कुमार राय र समाजवादी ट्रेड युनियनका उदयचन्द्र मिश्र लगायतका वक्ताहरुले अस्पतालाई पदाधिकारीहरुले धारासायी बनाउन खोजेको आरोप लगाए । उनीहरुले बिना दर्ताको औषधि पसल अस्पतालभित्र संचालन गर्दै आएको र अहिलेसम्म अस्पताल समेत दर्ता नगरी कानून विपरित अस्पताल समेत संचालन गर्दैमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको