जनकपुरधाम: १८औं लोकतन्त्र दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाह जनतासामु झुकेको दिनको सम्झनामा २०६४ सालदेखि हरेक साल वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । १७औं लोकतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो ।

०६२÷६३ को आन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको हो । ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।

नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै–हटाउँदै गरे । उनले आफूले इच्छा गरेअनुसार शासन चलाउन थालेपछि जनआन्दोलनको उभारले नारायणहिटीबाट नागार्जुन पठाएको थियो ।

२०६१ माघ १९ मा ज्ञानेन्द्रले शासन सत्ताको बागडोर सम्हालेपछि आन्दोलनरत सात दल र नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ फागुनदेखि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलनले चैतमा गति लिएको थियो ।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठक आह्वान गरेका थिए । सोही दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।

२०५९ साल जेठ ८ मा विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विगतमा सरकारले यस दिन सार्वजनिक बिदा दिने गरेको भए पनि केही वर्षदेखि कटौती भएको छ ।

ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएको थियो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लिएको थियो ।

२०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भएका थिए ।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित भयो ।

२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरिरहेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको