जनकपुरधाम:पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक रहेका पत्रकार यादवको मँगलबार विहान ३ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा बस्ने पत्रकार यादव ढल्केवरबाट धारापानीतर्फ जाँदै मिथिला नगरपालिका ६ स्थित अनियन्त्रित भएर मोटरसाइकल सडक छेउको रेलिंगमा ठोक्किएर दुर्घटना भएको र दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन् ।

मोटरसाईकल चालक ललन यादवको अवस्था मध्यम रहेको छ भने पत्रकार यादवको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा मोटरसाईकल चालक ललन यादवलाई समान्य चोटपटक लागेको देखिन्छ भने मोटरसाईकलको अवस्थामा समान्य रहेको छ । मोटरसाईकलमा समेत कुनै क्षति पुगेको देखिदैन ।

गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए । गएराती ढल्केवरबाट साथीसँगलाई भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको बताईएको छ । दुई भाई रहेका यादवको जेठाजु केही महिना अगाडी मात्र विदेशिएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको