जनकपुरधाम:महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलगी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका छन् । मटिहानी नगरपालिका ६ जरलहवा वस्तीमा आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको हो । मध्यान्ह १२ बजे सल्केको आगो साँझ ६ बजे नियन्त्रणमा आएको यद्यपि सतर्कताका लागि अझै बारुण यन्त्र त्यही राखिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

३ सय बढी सुरक्षाकर्मी, स्थानीयवासी तथा विभिन्न पालिकाबाट आएका वारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जानकारी महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दिए ।

आगलागीबाट भएको क्षतिको विवरण भने अहिले आउन सकेको छैन ।

यता मटिहानी नगरपालिकाले आगलागीबाट पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने जनाएको छ । नगरपालिकाले पीडित परिवारलाई अस्थायी वास, खाना बनाउन भाडा वर्तन तथा खाद्यान्न सामाग्री राहत स्वरुप उपलब्ध गराउने जनाइएको छ । यसका साथै थप सहयोगका लागि विभिन्न निकायलाई मटिहानीका नगरपालिकाका नगरप्रमुख मण्डलले आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको