जनकपुरधाम:किशोरीहरुको मतको समेत समाजमा महत्व रहेको सन्देश दिने उद्देश्यले आर्टिष्ट पावर कार्यक्रम संचालन गरिएको छ । प्लान इन्टरनेशनलको आयोजनामा जनकपुरधामस्थित किशोरीहरुको मतको समेत समाजमा महत्व रहेको सन्देश दिने उद्देश्यले आर्टिष्ट पावर कार्यक्रमको आयोजना गरिएको हो ।
आर्टिष्ट पावर कार्यक्रम अन्तर्गत धनुषाका ५ पालिकाका २० जना किशोरीहरुले समाजमा भोग्दै आएको समस्या, सो समाधानका उपाय लगायतका विषय समिटएको तस्वीर तयार पारेर प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा राखिएका तस्वीरहरुमा बालविवाह, दाइजो लगायतका कुप्रथाका कारण समाजमा निम्तिने समस्या दर्शाइएको प्लान इन्टरनेशनलका अभियान प्रशासक लक्ष्मी चौधरीले बताइन् । प्लान इन्टरनेशनका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका र कलामा रुची राख्ने किशोरीहरुले तस्वीरहरु तयार पारेका थिए । सोही तस्वीरहरुलाई प्रदर्शनीमा राख्ने वातावरण प्लान इन्टरनेशनले बनाइ दिएको चौधरीले बताइन् ।
यस अघि अप्रिल २२ र २३ तारिखमा प्लान इन्टरनेशनलले गल्र्स मिटअप कार्यक्रम समेत गरेको थियो । सो कार्यक्रममा किशोरी तथा युवाहरुको सशक्तिकरणका लागि चाल्न सकिने कदमको विषयमा किशोरीहरुलाई २० किशोरीहरुलाई एकैठाउँमा राखेर छलफल गर्ने उद्देश्यले गल्र्स मिट अप कार्यक्रम समेत गरिएको प्लान इन्टरनेशनलका पूर्वी क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले जानकारी दिए ।