जनकपुरधाम:उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म १९ प्रतिशत मात्रै भौतिक प्रगति रहेको भन्दै कर्मचारीहरुसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीवार नेपाल निजामति कर्मचारी संगठनको क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था भएको बताए । आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भएपनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताए ।

मन्त्री महासेठले आयोजनाहरुको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिका अनुसार दु्रत गतिमा काम गर्न निर्देशन दिए । उनले आयोजनाहरुको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाए । उनले आयोजना प्रमुख र आयोजनामा काम गर्ने कर्मचारीहरु असार मसान्तसम्म कार्यस्थल छोडेर कतै नजान पनि निर्देशन दिए ।

उनले कार्यतालिका अनुसार असार मसान्तसम्म परिणाम दिनेगरी काम गर्न निर्देशन दिए । आयोजना छोडेर अनावश्यक रुपमा सरुवा गर्न वा अन्य कामको लागि काठमाडौंमा रहेका आयोजनाका प्रमुख वा कर्मचारीहरुलाई तत्काल कार्यस्थलका पठाउने सचिव तथा आयोजनाका विभागीय प्रमुखहरुलाई निर्देशन पनि दिए ।

आयोजनामा कार्यतालिका अनुसार काम गर्न काठमाडौं नआउने निर्देशन गरेकाले तत्काल कुनैपनि कर्मचारीहरुलाई कतै सरुवा नगर्ने प्रतिवद्धता जनाए। उनले ९८ प्रतिशत कर्मचारी सरुवा नगर्ने उल्लेख गरे । उप्रधानमन्त्री महासेठले सरकारले निजामति कर्मचारी सम्बन्धी ऐन कर्मचारीहरुको हितमा ल्याउने बताए । उनले उक्त ऐनमा आवश्यक संशोधनको लागि संगठनले कानूनी विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयारी पारेर दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको