जनकपुरधाम:नेपाल भारत मैत्री युवा संघले मटिहानीमा आगलागीबाट पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । संघले मटिहानी ६स्थित जरलहवा वस्तीका आगलागीबाट पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

नेपाल भारत मैत्री युवा संघका अध्यक्ष एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको अगुवाईमा पुगेका युवाहरुको टोलीले राहत सामाग्री वितरण गरेको हो । राहतमा त्रीपाल, भाडा वर्तन, चामल, दाल लगायतका सामाग्री रहेको थियो । मटिहानीको जरलहवा वस्तीको पीडामा सके जति मलहम लगाउने उद्देश्यले महिटानीका नगरप्रमुख हरिप्रसाद मण्डल तथा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको समन्वयमा आफै राहत सामाग्री वितरणका लागि आई पुगेको नेता यादवले बताए ।

उनले पीडामा रहेको यस वस्तीका स्थानीयका बारेमा अहिले सम्म प्रदेश तथा केन्द्र सरकार मौन बस्नु दु:खद रहेको भन्दै गुनासो गरे । उनले भने ‘आगलागीबाट सयौँ घर जलेर नष्ट भएका छन्, आगालागी भएको एक दिन भई सक्यो तर प्रदेश तथा संघ सरकार बेखबर भएर बस्नु दु:खद कुरा हो ।’ आफूहरु यस विषयमा सरकारलाई घचघचाउने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको