
वीरगञ्ज:मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सवारी चेकजाँचको नाममा आतंक मच्चाइएको आरोप लगाएका छन् ।
बारामा तराई यातायात व्यावसायी संघको १७ औं साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सवारी चेकजाँचको बहानामा ट्राफिक प्रहरीले आतंक मच्चाएको आरोप लगाउंदै आफूले सुरक्षा परिषद्को बैठकमा यसबारे आवाज उठाउने बताए ।
आगामी आर्थिक वर्षदेखि पथलैयामा रहेको सवारी पटके कर संकलन गर्ने कार्यालयलाई विस्थापित गरेर शाखा विस्तार गर्ने र चौमासिक रुपमा गर्नुपर्ने रोडपरमिट, सवारी जाँचपास र नविकरणको एकर्षमा गर्ने व्यवस्था मिलाउने उनले जनाए ।
तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, क्षेत्र नम्बर ४ का सांसद कृष्ण कुमार श्रेष्ठ, मधेस प्रदेशको श्रम तथा यातायातमन्त्री बेची लुंगेली, प्रदेश सांसद देवनारायण चौधरी, मञ्जु थापा मगर, नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायतले पनि आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यावसायी महासंघ र तराई यातायात व्यवासायी संघले पत्रकार प्रकाश लम्साललाई यातायात राष्ट्रिय पुरस्काराबाट सम्मान गरेको थियो ।