जनकपुरधाम:सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका ३ जब्दीका ४५ वर्षीय मोटरसाइकल चालक राजकुमार चौधरी रहेका छन् ।

लालबन्दी नगरपालिका ४ स्थित सडकमा पुनर्वासबाट रंजितपुरतर्फ जाँदै गरेको ज ११ प ७५४८ नम्बरको मोटरसाइकल बिहीवार राति अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय लालबन्दी मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको