जनकपुरधाम:वेष्ट इण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको हो ।

आयरल्याण्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा तीव्र गतिका बलर कमल र ब्याटर लोकेश बमले उत्कृष्ट प्रदर्शन गरेका थिए । विनोद भण्डारी नेपाल ‘ए’का कप्तान हुन् भने सागर पनि नेपाल ‘ए’का सदस्य हुन् ।

उनीहरू थपिएपछि वेष्ट इण्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने नेपाली टोलीमा २० क्रिकेटर भएका छन् ।

क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो । जसमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो ।

अब २० सदस्यीय भएको छ । र, वेष्टइण्डिज ‘ए’विरुद्ध घरेलु मैदान, कीर्तिपुरमा हुने पाँच म्याचको सिरिजपछि टी–२० विश्वकप खेल्ने अन्तिम टिम तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको