जनकपुरधाम:नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता पाएको छ । धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकास अभियानले तीव्रता पाउने बताएका हुन् । उनले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाई भईरहेकाले २०८४मा एमालेले सबैभन्दा ठूलो दलको रुपमा शक्ति प्रदान गर्न आम जनतालाई आग्रह गरे । यसका लागि एमालेका कार्यकर्ताहरुले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताए ।

एमाले सम्पूर्ण नेपालीको पार्टी हो, उनले भने ‘ एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन्, नेपालमा वसोवास गर्ने सबै नेपालीको पार्टी हो ।’ त्यसैले एमालेमाथी चौतर्फी आक्रमण हुँदा समेत यहाँका मधेसी जनता लगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षडयन्त्रलाई विफल पार्न सफल भएको उनको भनाई थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ता २०८४मा देशको प्रधानमन्त्री र प्रदेशहरुको मुख्यमन्त्री एमालेको हुने सपना देखि रहेका छन् । यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताए । एमाले नेतृत्वको सरकार बने यहाँ व्याप्त रहेको गरिबी, अशिक्षाको अन्त्य गर्नु प्रमुख लक्ष्य रह्ने बताए ।

त्यस्तै पूर्व मन्त्री जुली महतोले मधेस प्रदेश कर्णाली, सुदुरपश्चिम जस्तो विकट प्रदेशभन्दा पनि पछाडी परेको प्रदेश रहेकाले यहाँ विकासका लागि अन्य प्रदेशभन्दा बढी काम हुनु आवश्यक रहेको बताइन् । यसका लागि आफूहरुले एमाले नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आईरहेको जानकारी दिइन् । उनले भनिन् ‘एमालेले मधेस विकासको थुप्रै योजना ल्यायो तर अहिले एमालेसंग न अहिले प्रधानमन्त्री छ न मधेसमा मुख्यमन्त्री नै, त्यसैले केही कठिनाई भईरहेको छ ।’ यद्यपि एमाले भर्खर सरकारमा गएको छ नेपाली जनतालाई देश विकासले फेरी पटरी पकड़ने आशा पलाएको उनले बताइन् । पूर्वमन्त्री महतोले नेपाली जनताको यो आशालाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रदेशसभा सदस्य लखन दासले लोकतन्त्रमा जनता नै मालिक भएपनि नेपालमा ठीक उल्टो भईरहेकोमा दुःख व्यक्त गरे । मुलुकमा लोकतन्त्र भएपनि नेपालका गरिब, मजदुर वर्ग दिन दिनै पिल्सिरहेको भन्दै देश निर्माण महत्वपूर्ण भूमिका निर्वाह गर्ने मजदुर वर्ग पीडित हुनु दुखद रहेको बताए । तर एमाले गरिब मजदुर लगायत सम्पूर्ण वर्गको पार्टी रहेकाले एमाले नेतृत्वको बहुमतको सरकार मुलुकमा आवश्यक रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको