
जनकपुरधाम:मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरीको मटिहानी ६ स्थित जरलहवा गाछीमा आगलग्गी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री यादव मटिहानीस्थित आगलग्गी प्रभावित क्षेत्र पुगेर शनिबार निरीक्षण गर्नुका साथै पीडित परिवारहरुको अवस्थाबारे जानकारी लिएका हुन् । पीडित परिवारहरु संग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्दै उनले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्काल राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए ।
गत वैशाख १२ गते मटिहानी वडा नम्बर ६मा भएको भिषण आगलागीमा परेर एक सयभन्दा बढी घर जलेर नष्ट भएको थियो ।