जनकपुरधाम:सशस्त्र प्रहरी परिवार महिला संघले महोत्तरीको मटिहानीस्थित जरलहवा गाछीमा आगलागीबाट पीडित परिवारलाई राहत वितरण गरेको छ । गत वैशाख १२ गते मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागिबाट घरवार गुमाएका पीडित परिवारलाई सशस्त्र प्रहरी महिला संघले राहत वितरण गरेको हो ।

संघका अध्यक्ष अनिता लामिछानेको अगुवाईमा पुगेको टोलीले कम्बल, सिरानी, तौलिया, मास्क, स्टीलको थाल, कचौरा, ग्लास, चमचा, सरसफाई किट लगायतका राहत सामाग्री १ सय ३ पीडित परिवारलाई वितरण गरेको हो ।

उक्त राहत वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य चन्दा चौधरी, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मधेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र साह, प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष प्रबदा सिंह शाह लगायतको उपस्थिति रहेको थियो ।

राहत वितरण लगत्तै संघले पीडित परिवारका लागि सामूहिक भोजको समेत आयोजना गरेको थियो ।

यता आगलागीबाट क्षतिग्रस्त क्षेत्रमा शौचालय व्यवस्थापनका लागि टॉयलेट प्यान, पाईप र एल्बो १०-१० थान मटिहानी नगरपालिकाका नगर प्रमुख मण्डललाई संघले हस्तान्तरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको