जनकपुरधाम:धनुषाको हंसपुर नगरपालिकाको एक घरमा भएको आगलागीदे ६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।
हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको सामान राख्ने घरमा शुक्रबार राति साढे १० बजे भएको आगलागी सो क्षति भएको हो ।
आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार रुपैयाँको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारले परिवारभित्रको विवादमा ज्वाइँले आगलागी गराएको आरोप लगाएका छन् ।