जनकपुरधाम:धनुषाको शहिदनगर नगरपालिकाका नगरप्रमुखले हैकमवादी चरित्र प्रदर्शन गरेको भन्दे विभिन्न दलका नेता कार्यक्रताहरुले सामुहिक रुपमा गिरफतारी दिन प्रहरी चौकी पुगेका छन् ।

नगरप्रमुखले गरेको ज्यादती विरुद्व आफुहरु गत बैशाख १० गते बाट थालेको आन्दोलनमा १० गते नगरपालिकाको कुरिती र विसंगती विरुद्वमा गरेको शान्तिपुर्ण जुलुस र धर्नामा नगरपालिका भित्रबाट २०–३० जना अराजक व्यक्तिहरु प्रयोग गरि ढुंगामुढा गराइनुका साथै गाडीहरुमा तोडफोड गरिएको भन्दै आन्दोलिन बनेका छन् ।

उनीहरुले आन्दोलनका संयोजक समेत रहेका शहीदनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उमेश कुमार निराललाई लाठी प्रहार गराइनुका साथै उनलाई पक्राउ समेत गरिएको भन्दै आफुहरुलाई समेत पक्राउ गर्न भन्दै सामुहिक गिरफ्तारी दिन पुगेका थिए । नेकपा एसका वरिष्ठ नेता रामचन्द्र झा, पुर्व नगरप्रमुख उदय बरबरिया सहित दर्जनौं नेता कार्यक्रता सहित ईलाका प्रहरी कार्यालय यदुकोहामा गिरफतारी दिन पुगेका थिए । यसका साथै उनीहरुले वडा अध्यक्ष निरालको रिहाईको माग समेत गरेका छन् ।

वडा अध्यक्ष निराल सहितका उपर लगाइएका सबै झुठा मुद्दा फिर्ता र ससम्मान रिहाई, अनाधिकृत रुपमा नियुक्त गरिएका तृतिय श्रेणीका प्रा.शिक्षक तथा शिक्षा शाखा प्रमुख विवादस्पद बिश्वनाथ यादवको काज फिर्ता, आ.व. २०७९÷०८० देखि हाल सम्म भएका भुक्तानी र नियुक्तीहरुको विवरण सार्वजानिक तथा वाँकी रहेका भुक्तानी अविलम्व दिनुपर्ने, अवैध रुपमा हाजरी रोक्का गरिएका बालविकास शिक्षिकाहरुको पुनः हाजिरी गरिनुपर्ने सहितका ७ सुत्रिय मांग राख्दै उनीहरु सामुहिक गिरफतारी दिन पुगेका हुन ।

नेता झा र पुर्व प्रमुख बरबरियाले नगरपालिकामा भइरहेको विभिन्न अवैध काम, अनियमितता, विसंगतीहरुबारे बुझन खोज्दा नगर प्रमुखले देखाएको रबैया खेदजनक रहेको बताउदै आफुहरुको संर्घष जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको