जनकपुरधाम:गौशाला नगरपालिका २ कठुधारमा आगलगी हुँदा ९ लाखभन्दा वढिको क्षति भएको छ । आईतबार दिउँसो स्थानिय सद्दाम धुनियाँ र निजको भाई मन्सुरको नदाफको घरमा आगलगी हुँदा ९ लाख ७० हजारको क्षति भएको हो । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले दिएको जानकारी अनुसार सो आगलगीमा परि दुई वटा टालीले छाएको घर र परालको कुन्यु (टाल) जलेर खरानी भएको हो ।

सो आगलगीमा परि सद्दामको घरमा रहेको अन्नपात, लताकपडा, सुनचाँदी र नगद ५० हजार गरि ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक यादवले बताए । त्यस्तै छेउमै रहेको क्युम नदाफको ५० हजार रुपैयाँको परालको कुन्यु (टाल) जलेको हो भने छेउमै रहेको मन्सुर नदाफको घर जल्दा ५० हजारको क्षति भएको हो । प्रचण्ड गर्मीका साथै हावाहुरी चल्दा आगो लागेको खबर स्थानीयले प्रहरीमा गरेको थियो ।

गौशालास्थित इलाका प्रहरी कार्यालयबाट र सशस्त्र प्रहरी बल रामनगरबाट खटेको ३६ जना सुरक्षाकर्मी तथा स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । अत्याधिक गर्मी र पश्चिमा हावाको बेगले आगो दन्कदै गएपछि बर्दीबास नगरपालिका,गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाबाट घट्नास्थल पुगेको वारुणयन्त्रको सहयोगमा करिब ३ घण्टा लामो प्रयासपछि आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय गौशाला प्रहरी निरीक्षक यादवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको