काठमाडौँ:भारतमा लोकसभा चुनाव जारी रहेकै समयमा प्रमुख विपक्षी कंग्रेसलाई झड्का लागेको छ । पार्टीका दिल्ली प्रमुख अर्विन्दर सिंह लवलीले पार्टीको केन्द्रले हालै गरेको गठबन्धमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेलाई उनले पठाएको राजीनामामा आम आदमी पार्टीका मन्त्री भ्रष्टाचारको आरोपमा जेलमा रहेकोमा पार्टीले उनैसँग गठबन्धन गर्नुले कार्यकर्ताले विरोध गरेको जनाएका छन् ।

उनले दिल्ली कंग्रेस उक्त पार्टीको विरोधमा रहेको जनाउँदै कंग्रेसविरुद्ध उसले झूठो आरोप लगाएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको