जनकपुरधाम:जनकपुरधामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ तथा होटेल व्यवसायी संघका पदाधिकारीहरु छलफलमा जुटेका छन् । जनकपुरधामको पर्यटन क्षेत्र उकास लाग्न नसकि रहेको समयमा उद्योग वाणिज्य संघ र होटेल व्यवसायी संघ छलफलमा जुटेको हो ।

बुधबार दूबै पक्षबिच भएको छलफलमा होटेल व्यवसायीहरुको समस्या, सोको समाधान तथा पर्यटन प्रवद्र्धनका लागि अपनाउन सकिने उपाय लगायतका विषयमा छलफल गरिएको हो ।

जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेपनि त्यो फस्टाउन नसक्नुको कारण पत्ता लगाउने उद्देश्यले छलफल अगाडी बढाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । जनकपुरधामको विकासका साथै यहाँको पर्यटन क्षेत्रको विकासका लागि होटेल व्यवसायले महत्वपूर्ण भूमिका खेल्ने सक्ने महासेठको भनाई थियो । उनले यहाँको होटेल व्यवसाय फस्टाएमा चौतर्फी रुपमा यहाँको बजार व्यवसाय पनि फस्टाउने बताए ।

बुधबार भएको छलफलमा होटेल व्यवसायीहरुले नगरमा रहेको सरसफाईको समस्या, उपमहानगरबाट हुँदै आईरहेको असहयोग लगायतका विषयमा गुनासो गरेका थिए । होटेल व्यवसायीहरुको तर्फबाट कुनै किसिमको कमी कमजोरी नरहेको दावी होटेल व्यवसायीहरुले गरेका थिए ।

पर्यटक भित्रयाउन अपनाउन सकिने उपाय, जनकपुरधामको मार्केटिङ्ग, जनकपुरधामका विषयमा फैलाइएका भ्रम चिर्न चाल्न सकिने कदम, होटेल व्यवसायीहरुको भूमिका लगायतको विषयमा छलफल गरिएको थियो ।

छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनिषरमण साह, होटेल संघ नेपालका विजय झुनझुनवाला, पर्यटन तथा होटेल व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको