जनकपुरधाम:सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका भएको आगलागी पिडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भत्ता दिने घोषणा गरेका छन् ।
पालिका अध्यक्ष विद्यानन्द चौधरीले अग्निपीडितहरूलाई विपत्तिको समयमा समस्यासँग लड्न छिन्नमस्ता गाउँपालिकाका सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिले एक दिनको तलब–भत्ता दिने जानकारी दिएका छन् ।
अध्यक्ष चौधरीले भने, ’सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुखज्युहरूलाई समेत सहयोगमा लाग्न आग्रह गर्दछु ।’
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले पालिकामा ३ सय जना कर्मचारी रहेको जानकारी दिए । उनले सबै प्रक्रिया थालेर छिटै पीडितहरूलाई चेक हस्तान्तरण गर्ने बताए । मंगलबार दिउँसो त्यहाँ भएको भिषण आगलागीबाट ६० भन्दा बढी परिवार घरविहीन भएका छन् ।