जनकपुरधाम:सामजिक सुरक्षा कोष लागू भएपछि ४९५ श्रमिक परिवारले सुविधा लिदैं आएको छ । सामाजिक सुरक्षा कोषका अनुसार अहिले मासिक रुपमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म निवृत्तभरण अर्थात पेन्सन पाउनेको संख्या सात जना रहेका छन् । जसमा एक जना भारतीय नागरिक छन् ।

कोषका अनुसार तीमध्ये पाँच जनाको श्रीमती र छोराछोरीले पेन्सन पाइरहेका छन् । दुई जनाको छोराछोरी नभएका कारण श्रीमतीले मात्रै पेन्सन पाइरहेका छन् ।

कोषको पछिल्लो तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ४२ करोड १८ लाख १३ हजार १६६ रुपैयाँ जम्मा भइसकेको छ । जसमध्ये ४९५ जनाका परिवारले १३ करोड ८७ लाख ३१ हजार ३८२ रुपैयाँ भुक्तानी लिइसकेका छन् ।

कोषका अनुसार अहिले ४९५ जना मृतक योगदानकर्ताका परिवारलाई मासिक रुपमा ५० देखि ६० लाख रुपैयाँ भुक्तानी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको